‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा

अभिनेता राजेश हमालले सञ्चालन गरेको कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को उत्कृष्ट ३० मा परेको छ । समता फाउन्डेसनले निर्माण गरेको कार्यक्रम जातको प्रश्न विश्वका ११४ देशका सहभागी मध्येबाट उत्कृष्ट ३० मा पर्न सफल भएको हो । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ : एड्भान्सिङ द रुल अफ ल इन अ टाइम अफ क्राइसिस’मा ११४ देशबाट ४२५ भन्दा धेरैले आवेदन दिएका थिए ।

कोरोना कालमा कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको यो कार्यक्रमको १२ अंक प्रसारण भएको थियो । सन् २००६ मा अमेरिकन बार एसोसिएसनको अभियानका रुपमा स्थापना गरिएको ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ सन् २००९ देखि विधिको शासन प्रवर्धन गर्ने गैरनाफामुखी संस्थामा रूपान्तरण भएको थियो ।

समाजमा रहेको जातीय विभेदमाथि गहिरो प्रश्न गरेको कार्यक्रम ‘जातको प्रश्न’का शृङ्खलाले जात व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको थियो ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १२:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया