साताभरि नै नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

साताको चौथो तथा कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४.३८ अङ्कले घटेको छ । पछिल्लो समय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा साताभरि नै नेप्से परिसूचक घटेको हो । गत सोमबार र बिहीबार (भोलि) सार्वजनिक बिदा रहँदा यो साता तीन दिन मात्रै सेयर बजार खुलेको हो ।

अघिल्लो साता २५०६ बिन्दुमा बन्द भएको बजार यो साता लगातार तीन दिन घटेर २४५८ बिन्दुमा रोकिएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । दुई साता अघिसम्म दैनिक १० अर्ब रुपैयाँको किनबेच हुने बजारमा अहिले भने दैनिक ४-५ अर्ब रुपैयाँको मात्रै किनबेच भइरहेको छ । यसले पछिल्लो समय समग्र नेप्से परिसूचक घट्दा कारोबार रकम समेत घट्न थालेको देखाउँछ ।

यस दिन कुल २०५ वटा कम्पनीको सेयर खरिद-बिक्री भएको नेप्सेले देखाएको छ । उक्त कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर कुल ४ अर्ब ३ करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम अझै घटेको हो ।

मंगलबार २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर खरिद–बिक्री भएको थियो । यस दिन कुल ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा विभिन्न कम्पनीको सेयर खरिद–बिक्री भएको थियो ।

अन्तिम कारोबारको दिन नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचकमा भने ०.०२ अंकको झिनो सुधार देखिएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

व्यापार समूह सर्वाधिक २९६ अंकले बढ्दा उत्पादन समूह ९५ अंक, होटल तथा पर्यटन ५१ अंक र अन्य समूह ३८ अंकले बढेको छ । त्यस्तै, जीवन बिमा समूह १ सय २८ अंकले घट्दा निर्जीवन बिमा समूह १२७ अंक र माइक्रोफाइनान्स समूह ४० अंकले घटेको छ ।



चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । साथै, साल्ट ट्रेडिङ, एनआरएन इनफ्रास्ट्रक्चर बैंक र लिबर्टी इनर्जीको सेयर मूल्य ८-८ प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको सेयर मूल्य ४-४ प्रतिशतले घटेको छ ।

यस दिन, नेपाल टेलिकमको सर्वाधिक ५५ करोड ७० लाख रुपैयाँको सेयर किनबेच हुँदा निफ्राको २० करोड ७१ लाख, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ६६ लाख, नेपाल इन्स्योरेन्सको १३ करोड ४९ लाख, शिखर इन्स्योरेन्सको १२ करोड ६२ लाख, पुनर्बिमा कम्पनीको १२ करोड, नेको इन्स्योरेन्सको ११ करोड र नेपाल लाइफको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।



  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १६:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया