एक लाख ५० हजार घुससहित कर अधिकृत र बिचौलिया पक्राउ

 जनकपुरबाट १ लाख ५० हजार रुपैयाँ घुससहित दुईजना अख्तियारको फन्दामा परेका छन् । 
पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्ण रहेको अख्तियारले जनाएको छ । उनीहरुलाई बुधबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित अन्नपूर्ण होटेल एण्ड गेस्ट हाउसबाट पक्राउ गरिएको हो। 
एकजना सेवाग्राहीको काम गरिदिने प्रयोजनका लागि उनलाई होटलमा बोलाएर घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले दुवैजनालाई रंगेहात पक्राउ गरेको थियो । 
सेवाग्राहीसँग लिँदै गरेको सो रकमसहित अधिकृत ढकाल र बिचौलिया कर्णलाई नियन्त्रणमा लिइएको अख्तियारका एक अधिकारीले जानकारी दिए । 
दुबैजनाको मुचुल्का तयार गरि अख्तियारको बर्दिबासस्थित कार्यालय लगिएको छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार २२:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया