सामुदायिक रेडियो प्रसारक संघमा नयाँ नेतृत्व

सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको नयाँ नेतृत्व चयन भएको छ । अर्जुन गिरीको नेतृत्वमा ३२ सदस्यीय कार्य समिति चयन भएको हो ।

संघको अध्यक्षबाहेक सबै पद सर्वसम्मत रुपमा चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्ष विष्णु अवस्थी चयन भएका छन् । यस्तै, उपाध्यक्षहरूमा बन्दना दनुवार, मिलन गाहा मगर, निमेश कर्ण र भुवन सिंह चयन भएका छन् । 

संघको महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चयन भएका छन् । संघको अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्य सहमतिमा चयन भएको नवनिर्वाचित सचिव खतिवडाले जानकारी दिए । 

संघको अध्यक्षका लागि अर्जुन गिरि र कपिलदेव खनालको उम्मेदवारी परेपछि मतदान भएको थियो । बिहीबार बिहान घोषणा गरिएको नतिजामा गिरि विजयी भएका थिए । 

मंगलबार अधिवेशन उद्घाटन भएपश्चात अकस्मात स्थगित भएको नेतृत्व चयन प्रक्रिया आज सकिएको हो । यसअघि, संघको अध्यक्ष सुवास खतिवडा रहेका थिए । 





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार १२:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया