९७ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको छ ।

बिहीबार ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

मुलुकभर ९ सय ४२ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालमा २२ लाख ७ हजार ९ सय २२ पिसिआर परीक्षण भएका छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार १६:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया