प्रधानमन्त्रीले बोलाएपछि जसपाका शीर्ष नेता बालुवाटार जाँदै

समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता अपराह्न ५ बजे बालुवाटार जान लागेका छन् । प्रधानमन्त्री केपी ओलीले सत्ता समीकरणबारे छलफलका लागि बोलाएपछि उनीहरु बालुवाटार जान लागेका हुन् ।  

जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् ।

ओलीले बोलाएको छलफलमा जसपा  कार्यदलका सबै सदस्य सहभागी हुन लागेका हुन् । जसपामा ओलीलाई साथ दिने कि नदिने भन्नेमा तीव्र मतभेद छ ।

प्रधानमन्त्री ओली र ओलीइतर दुवै पक्षसँग निरन्तर संवादमा रहेका उनीहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आएका छन् ।

जसपाले सत्ता सहकार्यका लागि रेशम चौधरीको रिहाइलाई प्रमुख मुद्दाका रुपमा अघि सारेको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार १६:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया