सत्ता समीकरणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका नेताहरुले छलफल गरेका छन् ।
साँझ ५ बजेका लागि बालुवाटारमा बोलाइएको छलफल सकारात्मक रहेको प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईका अनुसार भोलि पनि छलफल जारी राख्ने सहमति भएको छ ।
प्रधानमन्त्रीसँग छलफलका लागि जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई बालुवाटार पुगेका थिए ।
उनीहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आएका छन् ।
जसपाले सत्ता सहकार्यका लागि रेशम चौधरीको रिहाइलाई प्रमुख मुद्दाका रुपमा अघि सारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।