सफ्ट्वेरिका कलेजमा आजदेखि दोश्रो 'आइओटी एक्स्पो' सुरु

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ईकमर्सले आइओटी प्रदर्शनी आयोजना गरेको छ ।

डिल्लीबजारमा आज सुरु भएको प्रदर्शनी ४ दिनसम्म चल्ने छ । प्रदर्शनीमा अटोनोमस भेहिकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको छ । स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको हो ।

प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोडल सफ्ट्वेरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् । प्रविधिको सदुपयोग गर्न सके कसरी जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने आयोजकले बताएको छ ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको आयोजकको भनाइ छ । निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रमा चाख राख्नेहरुका लागि उपयोगी हुने बताइएको छ ।

बेलायतको कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हबसमेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हबमै विद्यार्थीहरुले तयार गरेका हुन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार ११:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया