नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशका सातै प्रदेश इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्ज तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
एमाले केन्द्रीय सदस्य थापाका अनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश चारमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टले इन्चार्जको जिम्मेवारी पाएका छन्।
बैठकले संगठन विभाग प्रमुख विष्णु पौडेललाई तोकेको छ। विदेश विभाग प्रमुख डा. राजन भट्टराई बनेका छन्। प्रचार विभाग प्रमुख एवम् प्रवक्ता प्रदीप ज्ञवालीले भएका छन्। स्कूल विभाग प्रमुख केपी ओली आफैं बसेका छन्।
यो बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी पद खारेज गरेको छ। एमालेको दशौँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। अब एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेल मात्रै कायम भएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।