बलात्कार मुद्दामा 'शरीर समर्पण' व्याख्या गर्ने न्यायाधीशको उच्च अदालतमा बढुवा!

बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरि उर्फ सिद्धबाबालाई नाटकीय सफाइ दिने जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको 'बढुवा' भएको छ। जिल्ला अदालत सुनसरीको १ नम्बर न्यायाधीशका रूपमा रहेका कोइरालालाई न्याय परिषद्ले उच्च अदालत वीरगन्जमा न्यायाधीशको सिफारिस गरेको हो। 

गत मंसिर २२ गते अर्जुन कोइरालाको इजलासले सिद्धबाबालाई नाटकीय सफाइ दिएको थियो। सिद्धबाबाका कानुन व्यवसायीले मात्र बहस गरेको आधारमा सुनसरी अदालतका न्यायाधीश कोइरालाको इजलासले विवादित रुपमा सफाइ दिएको थियो।

कोइरालाको इजलासले नाटकीय शैलीमा छोड्न दिएको आदेश तथा फैसलाको पूर्ण पाठमा रहेको बलात्कारको व्याख्याले थप विवादित बनाएको थियो।

कोइरालाको इजलासले ’जाहेरवाली प्रतिवादीसँग मोहित भएर आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूबीच सहमतिमा भएको भन्ने देखियो’ भन्ने उल्लेख गर्दै बलात्कार नभएको व्याख्या गरेको थियो। 

विवादित फैसला गरेका न्यायाधीशलाई समेत उच्च अदालतमा बढुवा गरेको विषयमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले भने ’नोट अफ डिसेन्ट’ जनाएका छन्। अन्य न्यायाधीशको नियुक्तिमा सहमत नै रहेका न्यायपरिषद सदस्य समेत रहेका सर्वोच्चका न्यायाधीश कार्कीले कोइरालाको विषयमा ’नोट अफ डिसेन्ट’ लेखेका हुन्।



अर्को पनि विवाद

न्यायाधीश कोइराला सरकारी वनलाई हाउजिङ कम्पनीका नाममा सार्न आदेश दिएको अर्को विवादमा पनि मुछिएका व्यक्ति हुन्। कोइरालाले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बाडभञ्ज्याङमा पर्ने सार्वजनिक वन निजी हाउजिङ कम्पनीको नाममा दर्ता गराउने कार्यमा संलग्न व्यक्तिलाई मेलमिलाप गराएर छाडेका थिए।



  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १७:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया