१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बझाङमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुङगल नगरपालिकाका  ४४ वर्षीया पुरुष  रहेका छन् । फागुन २२ गते राति आफ्नै कोठामा सुतिरहेकी १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा आरोपीलाई वित्थडचिर गाउँपालिकाको देउलेखबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपितलाई जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १९:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया