बालिका करणीको अभियोगमा ६० वर्षका वृद्ध पक्राउ
फरकधार / २९ फागुन, २०७७

मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षका वृद्ध पक्राउ परेका छन् । 

प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखिया शुक्रबार दिउँसो पक्राउ परेका हुन् । 

स्थानीय बाँसघारीमा लगेर मुखियाले बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि खटिएको इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १७:३१:३२,   अन्तिम अपडेट : फागुन २९, २०७७ शनिबार १७:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया