संघीय सरकारविरुद्ध सर्वोच्चमा गएका छौँ, अदालतले सघाउने विश्वास छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रमुख दलले संघीयतालाई मनैदेखि स्विकार्न नसकेको आरोप लगाएका छन् । सुर्खेतमा आयोजित कर्णाली उत्सवमा शनिबार बोल्दै राउतले उनीहरुका लागि लागि संघीयता ‘अनवान्टेड बेबी’ रहेको बताए । 

केन्द्र सरकारले संविधानमा उल्लेखित अधिकार नदिएर वा खोसेर प्रदेशलाई कमजोर बनाउँदै संघीयतामाथि धावा बोलेको मुख्यमन्त्री राउतको आरोप छ ।  ‘जसरी भर्खरै जन्मेको शिशुलाई उचित स्याहार, रेखदेख, पोषणको जरुरी पर्छ, त्यसरी नै संघीयतालाई हुर्काउने जिम्मा संघीय सरकारले लिनुपर्ने हो,’ राउतले भने, ‘तर, संघीय सरकारले शिशुलाई हुर्किने मौका नै दिएन ।’ 

प्रदेश २ सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालतसम्म पुगिसकेको भन्दै उनले यसमा सर्वोच्चले सघाउने विश्वास व्यक्त गरे । संघीय सरकार संघीयताविरोधी भए पनि अन्य प्रदेश सरकार एउटै पार्टीका भएकाले अन्य मुख्यमन्त्रीले आफ्ना असन्तुष्टिलाई बन्द कोठाभित्र सीमित गरेको उनले बताए । उनले भने, ‘मैले मात्र बोलेर के हुन्छ ?’





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १९:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया