‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक

नायक पल शाह, सुधीर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनीत ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

लोकलयमा आधारित यस गीतमा सिडी विजय अधिकारी, रमेश कँडेल, रचना रिमाल र मनीषा राईको स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतबद्ध गरेका हुन्। गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।  

सूर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार पारिएको हो। इनाक्षी इन्टरटेन्मेन्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।  





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार २०:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया