बाबुराम भट्टराईको तर्क : यी हुन् जसपाबारे जान्नुपर्ने तीन कुरा !
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सत्ताको दाउमा लाग्ने खेलाडी नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जसपाको विषयमा तर्कहरु राखेका हुन् । 

डा. भट्टराईले जसपा तासको जोकर वा सत्ता रूपी जुवाको खालको च्याँखे दाउ थाप्ने खेलाडी नभएको बताए । तर, जसपा परम्परागत राजनीतिको अग्रगामी विकल्प भने भएको उनको धारणा छ । 

आफ्नो पार्टीले सत्ता स्वार्थमा जनताको मर्म र भावना नभुल्ने डा. भट्टराईले बताउँदै आएका छन् । जसअनुसार जसपाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता नगर्ने पनि उनले ठोकुवा गरेका छन् । 

डा. भट्टराईले जसपा  कसैको पुच्छर नभएको र हुन नसक्ने पनि उल्लेख गरेका छन् । उनले जसपा आफै देशको नेतृत्व गर्ने शक्ति भएको भन्दै अब सत्ताको भर्‍याङ नबन्ने प्रष्ट पारेका छन् । 





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार ८:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया