लोकप्रिय नेपाली व्यान्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को भिडियो सार्वजनिक भएको छ । व्यान्डले शिव रात्रिको अवसर पारेर बिहीबार बेलुका राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आफ्नो प्रस्तुतिसहित भिडियो सार्वजनिक गरेको हो ।
गीतमा सुरेश शाहीको शब्द छ । निरन शाहीको स्वर छ । गीतमा निरनको गीतार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बास गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।
भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन् । धीरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भिएफएक्स र कम्पोजिसन, धीरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, अनोष गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।
भिडियो अनुप्रस्थ बेन्ड अफिसियलबाट रिलिज गरिएको हो । झण्डै १५ सयको हाराहारीमा उपस्थित दर्शकमाझ व्यान्डले १५ वटा गीत गाएको थियो ।
सन् २००८ मा ‘स्प्राइट व्यान्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्यान्ड चर्चामा आएको हो । त्यसयता व्यान्डले विभिन्न गीतहरू संगीत पारखीलाई दिइसकेको छ ।
भिडियो अनुप्रस्थको डिजिटल सामग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पिभिई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।