चैत १३ बाट चौथो बागमती राष्ट्रिय गोल्डकप, विजेतालाई ८ लाख

आगामी चैत्र १३ गते देखि २२ गतेसम्म चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–०७७ हुने भएको छ । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । 

आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर राईका अनुसार ‘बागमती गाउँपालिकाको शान युवा खेलाडी उत्पादन, सम्मान, सद्भाव, शान्ति र समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गोल्डकप प्रतियोगिताको आयोजना गरिएको छ । 

गाउँपालिकाको ८ नम्बर वडास्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा साबिक विजेता जावलाखेल युवा क्लबसहित ए डिभिजनका फुटबल क्लबहरु च्यासल युवा क्लब, संकटा युवा क्लब, मछिन्द्र क्लब र थ्री स्टार युवा क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा मोफसलका चर्चित टिमहरु नव जनजागृति युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, हेटौंडा–११ क्लब, बिवाइसी क्लब भरतपुर चितवन र आयोजक बागमती खेलकुद विकास समिति सहभागी हुनेछन् । 

प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद ४ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले बताएको छ । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, विधागत उत्कृष्ट खेलाडीले नगद १० हजार र म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार २०:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया