बिहेको प्रलोभनमा पटकपटक करणी गर्ने व्यक्ति पक्राउ
फरकधार / २ चैत, २०७७
सांकेतिक तस्बिर

प्रलोभनमा पारेर पटकपटक करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई करणी गरेको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

सोही स्थानकी एक १७ वर्षीया किशोरीलाई पासवानले विवाह गर्ने प्रलोभन देखाएर होटलमा लगेर पटकपटक करणी गरी गर्भ बोकाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

गत फागुन २८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराएर अनुसन्धान अघि बढाएको छ ।

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार ९:६:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया