११४ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।

हालसम्म नेपालमा २२ लाख २१ हजार ५ सय १२ पिसिआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

योसँगै हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा छन् । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।  





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १६:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया