युएईका क्रिकेटर नाभिद र अनवर ८ वर्षको प्रतिबन्धमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) का  पूर्व कप्तान मोहम्मद नाभिद र ओपनर साइमन अनवरलाई ८ वर्षको प्रतिबन्ध लगाएको छ ।

आइसिसीको एन्टी करप्सन समितिले मंगलबार भ्रष्टाचार विरोधी नियम तोडेको आरोपमा सन् २०१९ अक्टोबर १६ बाट लागू हुने गरी दुवैलाई ८ वर्षको प्रतिबन्ध लगाएको हो । 

प्रतिबन्धपछि दुवै जना यो अवधिमा कुनै पनि क्रिकेट गतिविधिका सामेल हुन पाउने छैनन् । समितिले सन् २०२१ को सुरुवातमै उनीहरू म्याच फक्सिङमा संलग्न रहको पुष्टि गरेको थियो ।

उनीहरूले सन् २०१९ को टि–२० विश्वकप छनोट प्रतियोगितामा म्याच फिक्सिङ गरेको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया