उत्तर कोरिया : किमकी बहिनीले दिइन् अमेरिकालाई चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले अब आफ्नो कोरियाली नीति सार्वजनिक गर्दैछन् । यहीबीच उत्तर कोरियाले पनि अमेरिका प्रति आफ्नो धारणा सार्वजनिक गर्न थालेको छ । 

उत्तर कोरियाली नेता किम जङ उनकी बहिनीले अमेरिकालाई चेतावनी दिएको समाचार अहिले विश्वभरका मिडियामा प्राथमिकताका साथ आउन थालेको छ । किमकी बहिनी किम यो जोङले अमेरिका अब अस्थिरताको कारण बन्न नहुने चेतावनी दिएकी हुन् । 

उनले संयुक्त सैन्य अभ्यास गरेको भन्दै दक्षिण कोरिया र अमेरिकाको आलोचना गरेकी हन् । 

यसअघि अमेरिकी अधिकारी दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए । अमेरिकाले चाहिँ आफूहरुले उत्तर कोरियासँग सम्बन्ध बनाउन प्रयास गरिरहेको तर उत्तर कोरियाबाट कुनै जवाफ नआएको बताएको छ । 

उता, उत्तर कोरियाले अहिलेसम्म अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भए पनि यसलाई स्वीकार गरिसकेको छैन ।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोंग सिनमनमा किमको विज्ञप्ति प्रकाशित भएको हो । यो विज्ञप्तिमा उनले अमेरिका चार वर्ष शान्तिसँग बस्न चाहेमा उसले अस्थिरताको कारण बन्न छोड्नु पर्ने पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार २१:३२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया