विदेशिने युवाको कथा म्युजिक भिडियोमा

ह्वाइट म्युजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपना बोकेर विदेसिने युवाहरूको घर परिवार र देश प्रतिको प्रेमको कथा हो ‘लालुमै’ । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तम राज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमु लगायत को अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ निशान घिमिरेले गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १७:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया