इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिता : आर्मी, एपिएफ र विमान ट्रेडर्स विजयी

दोस्रो संस्करणको इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र विमान ट्रेडर्स बिर्तामोडले जित हात पारेका छन् ।

बुधबारको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गरेको हो । 

पहिलो सेटमा आर्मीले २५–२०ले आफ्नो पक्षमा पार्दा गौरादहले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित्यो । आर्मीले चौथो सेट २५–१४ ले जितेपछि खेलको निर्णय अन्तिम तथा पाँचौँ सेटबाट भएको हो । 

पाँचौँ सेट १५–८ले आफ्नो पक्षमा पार्दै आर्मीले लगातार दोस्रो जित दर्ता गर्यो । आर्मीले पहिलो खेलमा विमान ट्रेडर्स बिर्तामोडलाई ३–२को सेटमा पराजित गर्दा गौरादह गण्डकीसँग ३–०ले हारेको थियो । 

दोस्रो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–२१ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २२–२५ले गुमायो । तेस्रो सेट २५–११ले र चौथो सेट २५–१९ले आफ्नो पक्षमा पार्दै एपिएफले लगातार दोस्रो जित दर्ता गरेको हो । 



एपिएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ले हराएको थियो । दमकले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

तेस्रो खेलमा विमान ट्रेडर्स बिर्तामोडले गण्डकी प्रदेशलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।



विमान ट्रेडर्स​ले पहिलो सेट २५–२०, दोस्रो तथा तेस्रो सेट समान २५–२३ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गरेको हो । 

पहिलो खेलमा विमान ट्रेडर्स​ आर्मीसँग ३–२को सेटमा पराजित हुँदा गण्डकीले गौरादह नगर विकास खेलकुद समितिलाई ३–०को सोझो सेटमा हराएको थियो । 

  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १७:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया