कम्युनिष्टलाई बाबुराम भट्टराईको सुझाव : नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि ?
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्टहरूलाई मार्क्सको दर्शन भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका छन् । 

मार्क्सवादी दर्शनले पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने बताएको भन्दै डा. भट्टराईले अब नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका हुन् । उनले अब नेकपाको लागि लड्नुभन्दा नयाँ ध्रुवीकरणमा लाग्नुपर्ने उनको मत छ । 

नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको लागि आधार बन्न सक्ने डा भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् । अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने उनले बताए । 

डा. भट्टराईले फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै नेताहरुलाई प्रश्न गरेका छन् । 

उनले लेखेका छन्, 'पुरानोको ध्वंसबिना नयाँ निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ । नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ । अतः फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नु सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि ?'





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ८:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया