नेपालमै पहिलोपटक हुन लागेका फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को अक्सन सम्पन्न भएको छ । शुक्रबार होटल सोल्टी क्राउमा भएको अक्सबाट १४९ खेलाडीमध्ये ९८ खेलाडी बिक्री भए ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ श्रेणीमा विभाजन गरिएको थियो ।
‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य २ लाख थियो । यो श्रेणीमा रहेका २८ मध्ये २१ खेलाडी बिक्री भए । ‘ए’ श्रेणीका खेलाडीका ८ खेलाडीले अधिकतम २ लाख प्राप्त गरे ।
‘बी’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य १ लाख २० हजार थियो । यो श्रेणीमा रहेका ६३ खेलाडीमध्ये ४२ खेलाडी बिक्री भए ।
‘सी’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य २० हजार र अधिकतम मूल्य ७५ हजार थियो । यो श्रेणीमा रहेका ५८ खेलाडीमध्ये ३५ खेलाडी बिक्री भए ।
लिगमा सहभागी ७ फ्रेन्चाइज टोली विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, बुटवल–लुम्बिनी एफसी, पोखरा थन्डर्स र धनगढी एफसीले खेलाडीमाथि बोली लगाएका थिए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा सिंगल राउन्ड रोविनका आधारमा हुने लिग आगामी वैशाख ११ देखि २५ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
अक्सनबाट बिक्री भएका खेलाडीको सूची
विराटनगर सिटी फुटबल क्लब
मार्की खेलाडी : रेजिन धिमाल
मालिक : अनुपरञ्जन भट्टराई
अक्सनबाट किनेका खेलाडी
अशोक थापा (मिडफिडर) ५० हजार, किशोर गिरी (गोलरक्षक) ६५ हजार, बिक्रम धिमाल (डिफेन्डर) ७५ हजार, सरोज दाहाल (डिफेन्डर) १ लाख, सुनिल बल ( मिडफिल्डर) २ लाख, सुरज ठकुरी (मिडफिल्डर) ६० हजार, विजय धिमाल (डिफेन्डर) १ लाख २० हजार, सूर्य अधिकारी (गोलरक्षक) ७५ हजार, सन्तोष तामाङ (मिडफिल्डर) १ लाख, हेम तामाङ (मिडफिल्डर) १ लाख २० हजार, सुशील लामा (मिडफिल्डर) २० हजार, सुनिल खड्का (मिडफिल्डर) २० हजार, दिपक राई (फरवार्ड) ५० हजार र निरकुमार राई (मिडफिल्डर) ५० हजार ।
एफसी चितवन
मार्की खेलाडी : भरत खवास
प्रशिक्षक : मेघराज केसी
मालिक : चन्द्र ढकाल
अक्सनबाट किनेका खेलाडी
रोमन रसाइली (गोलरक्षक) ५० हजार, विशाल सुनुवार (गोलरक्षक) २ लाख, विकास तामाङ (डिफेन्डर) १ लाख, शिशिर लेखी (मिडफिल्डर) ५० हजार, कुलदीप कार्की (डिफेन्डर) १ लाख २० हजार, मनीष थापा (मिडफिल्डर) ७५ हजार, रूपबहादुर लामा (मिडफिल्डर) ७५ हजार, अमित तामाङ (डिफेन्डर) ५० हजार, विकास खवास (डिफेन्डर) २ लाख, विश्व अधिकारी (मिडफिल्डर) २० हजार राजिव लोप्चन (फरवार्ड) ५० हजार, टेक बुढाथोकी (मिडफिल्डर) १ लाख २० हजार र विवेश चौधरी (गोलरक्षक) २० हजार ।
काठमाडौं रेजर्स फुटबल क्लब
मार्की खेलाडी : विकेश कुथु
प्रशिक्षक : बालगोपाल महर्जन
मालिक : चिरञ्जीवी शाह
अक्सनबाट किनेका खेलाडी
तेज तामाङ (मिडफिल्डर) २ लाख, आषिश गुरुङ (डिफेन्डर) ७० हजार, संजोग राई (मिडफिल्डर), १ लाख, त्रिदेव गुरुङ (मिडफिल्डर) १ लाख, सुदीप सिख्राकार (डिफेन्डर) ५० हजार, राजन गुरुङ (डिफेन्डर) ५० हजार, विनय श्रेष्ठ (गोलरक्षक) ५० हजार, रमेश बर्तौला (मिडफिल्डर) ६० हजार, पृथ्वी चौधरी (डिफेन्डर) २० हजार, विश्वास श्रेष्ठ (फरर्वाड) १ लाख २० हजार, अञ्जन राई (डिफेन्डर) २० हजार, सुदिल राई (फरवार्ड) ६५ हजार, विमल पाण्डे (डिफेन्डर) ७५ हजार र प्रिजेन तामाङ (फरवार्ड) ५० हजार ।
ललितपुर सिटी फुटबल क्लब
मार्की खेलाडी : अञ्जन विष्ट
प्रशिक्षक : प्रदीप हुमागाईँ
मालिक : कामना गुरुङ
अक्सनबाट किनेका खेलाडी
विनोद गुरुङ (मिडफिल्डर) २० हजार, कमल श्रेष्ठ (डिफेन्डर) १ लाख २० हजार, प्रवेश दनुवार (डिफेन्डर) १ लाख २० हजार, मिक्छेन तामाङ (मिडफिल्डर) १ लाख २० हजार, नवीन लामा (मिडफिल्डर) ७५ हजार, एरिक विष्ट (मिडफिल्डर) २ लाख, विमल राना (फरवार्ड) १ लाख २० हजार, रोहित कार्की (गोलरक्षक) २० हजार, सरोज योन्जन लामा (डिफेन्डर) २० हजार, रञ्जन विष्ट (फरर्वाड) ५० हजार, निरोज बस्नेत (डिफेन्डर) ७५ हजार, सिमान्त थापा (डिफेन्डर) २० हजार, पाल्साङ लामा (डिफेन्डर) १ लाख र गौरब बुढाथोकी (मिडफिल्डर) ७५ हजार र अर्पन कार्की (गोलरक्षक) १ लाख ।
पोखरा थन्डर्स
मार्की खेलाडी : नवयुग श्रेष्ठ
प्रशिक्षक : नवीन न्यौपाने
मालिक : निराकार श्रेष्ठ
अक्सनबाट किनेका खेलाडी
अजित भण्डारी (डिफेन्डर) १ लाख, अनिल गुरुङ (फरवार्ड) ७० हजार, प्रवीण कुमार स्याङदेङ (फरवार्ड) ६० हजार, मानबहादुर तामाङ (डिफेन्डर) ५० हजार, दिप कार्की (गोलरक्षक) २ लाख, दीपक गुरुङ (डिफेन्डर) १ लाख २० हजार, अजित प्रजापति (गोलरक्षक) ५० हजार, सुशिल राई (मिडफिल्डर) २० हजार, सुजल श्रेष्ठ (मिडफिल्डर) २ लाख, नितिन थापा १ लाख २० हजार, राजेश परियार (फरवार्ड) १ लाख २० हजार, गौतम श्रेष्ठ (डिफेन्डर) ७५ हजार, सुरज गुरुङ (डिफेन्डर) २० हजार र सुजित बुढाथोकी (मिडफिल्डर) २० हजार ।
धनगढी एफसी
मार्की खेलाडी : विशाल राई
प्रशिक्षक : टोपे अयोडेजी फुजा (नाइजेरिया)
मालिक : सुवास शाही
अक्सनबाट किनेको खेलाडी
सौजन राई (मिडफिल्डर) २० हजार, रुपेश केसी (डिफेन्डर) १ लाख २० हजार, विजय श्रेष्ठ (फरवार्ड) २० हजार, योगेश गुरुङ (मिडफिल्डर) ५० हजार, युद्ध शाही (डिफेन्डर) ७५ हजार, निराजन महर्जन (डिफेन्डर) २० हजार, विवेक बस्नेत (मिडफिल्डर) १ लाख २० हजार, निशान खड्का (डिफेन्डर) १ लाख, टंक बस्नेत (फरवार्ड) ५० हजार, अशोक खवास (डिफेन्डर) ७५ लाख दिनेश राजवंशी ( डिफेन्डर) २ लाख, टेकेन्द्र थापा (गोलरक्षक) ५० हजार, पुजन उपरकोटी (मिडफिल्डर) १ लाख २० हजार र दर्शन गुरुङ (मिडफिल्डर) १ लाख
बुटबल–लुम्बिनी एफसी
मार्की खेलाडी : विशाल श्रेष्ठ
प्रशिक्षक : राजुकाजी शाक्य
मालिक : राजकुमार तिमल्सिना
अक्सनबाट किनेका खेलाडी
लक्ष्मण रुचाल (मिडफिल्डर) ५० हजार, सुरज विक (डिफेन्डर) १ लाख, रविन श्रेष्ठ (डिफेन्डर) १ लाख २० हजार, शत्रुधन चौधरी (गोलरक्षक) २० हजार, सेसेहाङ आङदाम्बे (मिडफिल्डर) १ लाख ३० हजार, मानबहादुर परियार( डिफेन्डर) ५० हजार रवि थापा मगर (डिफेन्डर) ५० हजार अमिर श्रेष्ठ (मिडफिल्डर) १ लाख २० हजार, अनिल महर्जन (मिडफिल्डर) २० हजार, आशिष लामा (फरवार्ड) १ लाख, चेतनकुमार थारू (डिफेन्डर) २० हजार, सुमन लामा (फरवार्ड) ५० हजार, जय गुरुङ (मिडफिल्डर) ५० हजार र रणदीप पौडेल ( डिफेन्डर) ५० हजार ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।