मैले धेरै सम्झाउन खोजेँ तर प्रचण्डले मानेनन्ः वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूले पार्टी एकता जोगाउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धेरै सम्झाउन खोजेको बताएका छन् । तर, प्रचण्डले आफ्नो कुरा नामानेको पनि उनले बताएका छन् । 

शनिबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पुगेका गौतमले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि आफू खुसी भएको पनि बताएका छन् । 

‘तर, नेकपा एकता यही कारणले रोकिने भन्ने हुँदैनथ्यो,’ उनले संसदीय दलको बैठकमा भनेका छन्, ‘तर, सर्वोच्चले गरेको फैसला ऐतिहासिक हो, यसलाई मैले स्वागत गरिसकेको छु ।’

उनले नेकपा हुँदा नै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको झगडा मिलाउन आफू लागेको पनि सम्झिएका छन् । 

तर, प्रचण्डले आफूले भनेको नमानेको आरोप उनले लगाएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १४:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया