सरकारको नेतृत्व गर्नका लागि औपचारिक प्रस्ताव आएको छैन : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसलाई कुनै पनि दलबाट सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नआएको खुलासा गरेका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गत साता जसपासँग भएको छलफलमा पनि सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नआएको प्रस्ट्याए । 

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्वका लागि प्रस्ताव गरेको चर्चा भइरहँदा देउवाका निकट पात्र निधिले यस्तो बताएका हुन् । वैकल्पिक सरकार गठनका लागि कांग्रेससँग पर्याप्त संख्या नभएकाले कांग्रेस मौन रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओलीमा नैतिकता नभएको आरोप लगाउँदै उनले भने, ‘अलिकति पनि नैतिकता भएको भए १ मिनेट पनि ढिला नगरी सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो । लोकतन्त्रको सौन्दर्य भनेको यो हो र यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।’ 

प्रतिनिधिसभालाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै उनले पुनःस्थापनापछिका चार बैठक शोक प्रस्ताव पारित गरेर सकेकोमा आपत्ति जनाए । लोकतन्त्र कमजोर पार्नका लागि प्रतिनिधिसभालाई बिजनेसविहीन बनाइएको उनको आरोप थियो ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १७:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया