प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता पनि देखाएनन् : प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

चाक्सीबारीस्थित आफ्नै निवासमा आइतबार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा उनले जाेड दिए ।

‘हामी राजनीतिमा न्यूनतम मूल्य, मान्यता, नैतिकता लागू हुनुपर्छ भन्ने कुरामा अडिक छौँ ’, उनले भने, ‘देशको परिवर्तित अवस्थामा जिम्मेवारी लिन कांग्रेस सदैव तयार छ तर हामीसँग संख्या पुग्दैन । त्यसैले खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन ।’ 

कम्युनिस्ट सरकारले जनताले ५ वर्षका लागि दिएको म्यान्डेड पूरा गर्न नसकेको उनको आरोप थियो । 

अब बाँकी समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।




 



  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १३:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया