युगान्डाकी गायिकाको आवाजमा फूलबुट्टे सारी
युगान्डाकी गायिका वियोन्सेको गाउँ जाने बाटो खोज्दै मदनकृष्ण

नेपाली आधुनिक गीत ‘फूलबुट्टे सारी’नेपाली स्रोता माझ निक्कै लोकप्रिय छ । धेरैको मुखमा झुण्डिएको यो गीत युगान्डामा पनि मन पराइएको छ । यो गीत युगान्डाकी गायिका डे क्याप्टेन वियोन्सेले गाएकी छन् । उनले ‘फूलबुट्टे सारी’को कभर गरेकी हुन् ।

वियोन्सेले भिडियो निर्माण गरी गीत सार्वजनिक गरेपछि कलाकार मदनकृष्ण श्रेष्ठले उनको प्रशंसा गरेका छन् । लेखेका छन्, ‘कति राम्रो, कति मिठो, राम्री पनि, सुहाएको पनि उस्तै ।’ श्रेष्ठले नेपाली गीत मन पराइदिएकोमा गायिकालाई भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लागेको बताएका छन् । गीतको लिजेन्ड भर्सन गाएका श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो केहि थाहा छैन ।’

वियोन्सेले यो गीतको कभर गर्दा सर्जकसँग कुनै अनुमति लिएकी छैनन् । आफूसँग कुनै अनुमति नलिएको भए पनि नेपाली गीत-संगीतको दायरा फराकिलो बनाइदिएको भन्दै राजनराज शिवाकोटीले खुसी व्यक्त गरेका छन् । उनले अनुमति लिएर गाएको भए झन राम्रो हुने पनि बताएका छन् ।

राजनराजको शब्द संगीत रहेको यो गीत मदकृष्णसँगै मिलन नेवार, मार्मिक लामा र आरिष्मा शिवाकोटीले गाएका छन् ।


 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १५:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया