बलिउडमा भिड्दै बाबु छोरा

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच बक्स अफिस भिडन्त हुने भएको छ । यो भिडन्त बक्स अफिसकै पहिलो हो । अमिताभ र अभिषेक अभिनित दुई फिल्म एकै साता प्रदर्शन हुने भएका छन् ।

अभिषेक अभिनित चलचित्र ‘बिग बुल’ अप्रिल ८ मा प्रदर्शन हुँदैछ । त्यसको भोलिपल्ट अप्रिल ९ मा ‘चेहरे’ प्रदर्शन हुँदै छ । अभिषेकको चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो भने अमिताभको चलचित्र भारतका चलचित्र घरमा प्रदर्शन हुँदैछ ।

दुवै चलचित्रका निर्माता आनन्द पाण्डे हुन् । उनले एकै साता आफ्ना चलचित्र प्रदर्शन गर्न पाउँदा भाग्यशाली ठानेको बताएका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १६:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया