जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिवि पदाधिकारी सहमत
४८ औँ दिनमा तोडियो नेविसंघको अनशन

यथाशीघ्र स्ववियु निर्वाचन गर्नुपर्नेलगायत माग राखेर ४८ दिनदेखि रिले अनशनमा बसिरहेका नेविसंघका विद्यार्थीले अनशन तोडेका छन् । 

सोमबार त्रिवि पदाधिकारी र अनशनकारीबीच आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने सहमति भएको छ । त्रिविले स्ववियु निर्वाचनबारे छलफलकाका लागि चैत २५ गते सर्वपक्षीय बैठक राख्ने भएको छ ।  

विद्यार्थी र पदाधिकारीबीच भएको ६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। 
 
सहमति भएसँगै रिले अनशनमा बसिरहेका विद्यार्थीको अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा स्वयं उपस्थित भएका थिए। 





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १९:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया