स्कुल बस दुर्घटना हुँदा किशोरीको मृत्यु

दाङमा उक स्कुल बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा स्कुल बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस कक्षा ११ र १२ का विद्यार्थी बोकेर स्कुलतर्फ गइरहेको थियो । 

प्रहरीका अनुसार तुलसीपुरमा रहेको ज्ञान ज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ । अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार ९:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया