प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटार पुगे जसपा नेता

सत्तामा जाने कुराले फुटतर्फ अघि बढिरहेको जनता समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्न बालुवाटार पुगेका छन्। अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा ठाकुरसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन्। ओली सरकारमै जाने मनस्थितिमा रहेका ठाकुर त्यसलाई निचोडमा पुर्‍याउने रणनीति अनुसार सहयोगीसहित बालुवाटार छिरेका हुन्। 

सत्तामा जानका लागि जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ। प्रधानमन्त्रीसँग पटक पटक छलफल भए पनि निचोड निस्किसकेको छैन। 

जसपमा सत्ता साझेदारीलाई लिएर दुई समूह बनेको छ। ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिने कुरामा नरम छन् भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेस र माओवादीसहितको गठबन्धन बनाउने पक्षमा छन्। 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार ११:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया