तिम्रो लागि भन्दै आए सुगम पोखरेल

गायक सुगम पोखरेल नयाँ गीतमार्फत् दर्शक तथा श्रोता माझ आएका छन् । उनको आवाजमा पछिल्लो पटक ‘तिम्रो लागि’बोलको गीत सार्वजनिक भएको हो । गती मनीष वशिष्ठले लेखेका हुन् ।

गीतमा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । गरिदम कँडेलले संगीत संयोजन गरेको गीतका साउन्ड इन्जिनियर प्रदीप जोशी हुन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गम्भीर विष्टको अवधारणा तथा पटकथामा तयार भएको म्युजिक भिडियोमा गम्भीर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन् ।

नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नवीन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ । म्युजिक भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १२:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया