विभेदविरुद्ध राज सागरको ‘ए मान्छे...’

गायक राज सागरले विभेद विरुद्धको गीत ‘ए मान्छे...’ सार्वजनिक गरेका छन् । उनले ५६ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर ‘ए मान्छे’ सार्वजनिक गरेका हुन् ।

गीत आहूतीले लेखेका हुन् । मर्यादा मिडियाको प्रस्तुति रहेको उक्त गीतमा राज सागरले नै संगीत गरेका हुन् । गीतले २१ औँ शताब्दीमा पनि मान्छेले व्यहोर्नु परेको विभेद विरुद्धको आवाज बोल्ने राजले बताए ।

संजीव बराइलीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो निर्देशन श्याम नेपालले गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १३:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया