पत्रकारसँग झोँक्किए देउवा, औँला देखाउँदै भने : विपक्षी पार्टी भनेको सुन्‍नुभएन, ल जानुस्

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारहरुसँग रिसाएका छन्। काठमाडौंबाट विराटनगर विमानस्थल पुगेका देउवाले मंगलबार बिहान पत्रकारहरुसँग कुराकानी गर्ने रिस पोखेका हुन्। 

सरकारमा जानेबारेमा पत्रकारहरुले पटक–पटक सोधेपछि देउवा रिसाए। उनले पत्रकारसँग धेरै कुरा गर्न चाहेनन्, जवाफ दिन पनि इच्छा देखाएनन्। सरकारमा जानेबारे पत्रकारले बारम्बार प्रश्न गरिरहेपछि देउवाले रिस पोखे। 'विपक्षी पार्टी भनेको सुन्नु भएन', विमानस्थलको विशिष्ठ कक्षमा पत्रकारहरुलाई औँला उठाउँदै उनले भने, 'विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, ल अब जानुहोस् ।’

पत्रकारले सरकारमा जाने कुरामा बारम्बार प्रश्न गरेर रिस पोख्नुअघि देउवाले कांग्रेस विपक्षी पार्टी भनेका थिए। उनले आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताएका थिए। पत्रकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर सकारमा जाँदा हुँदैन भन्‍ने प्रश्नमा हात हल्लाउँदै देउवाले एक शब्दमा भने, ‘हुँदैन।’

सभापति देउवा कांग्रेसका नेता स्वर्गीय अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन विराटनगर आएका हुन्। त्यहाँबाट उनी सुनसरीको धरानमा हुने अर्को कार्यक्रममा भाग लिन जाँदैछन्। 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १३:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया