ओलीमाथि सुरेन्द्र पाण्डेको कटाक्ष : बयलगाडा चढेर अमेरिका जाने मान्छे गणतन्त्रका नायक?

काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले देशमा देशमा एक पटक फेरि तानाशाही प्रवृत्ति र निरकुंशताले टाउको उठाउन खोजेको बताएका छन्। माधव नेपाल पक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई लक्षित गर्दै उनले भने,‘देशमा जब जब संकट आउँछ, निरकुंशताले टाउको उठाउँछ, तानाशाही प्रवृत्ति देखिन्छ। त्यसबेलामा अनेरास्ववियू अगाडी आउँछ ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले ओलीले बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेको स्मरण गरे। 'गणतन्त्रका लागि अनेरास्ववियुले झण्डा बोकेर सडकमा उभिँदा केपी ओली बयलगाडा चढेर अमेरिका पुगिँदैन भनिरहेका थिए', उनले भने, 'बयलगाडा चढेर अमेरिका जान सकिँदैन भन्ने ओली नै अहिले आफूलाई गणतन्त्रको नायक मै हो भन्न थाल्नुभएको छ।'

गणतन्त्रका लागि चलेको आन्दोलनलाई ओलीले दुत्कार्दा विद्यार्थीहरुले झण्डा उठाएको पनि उनले बताए। 'हिजो केपी ओलीले दुत्कारेको त्यो झण्डा यहाँ बस्ने नौजवानहरुले बोकेका छन्', उनले भने, 'आफ्ना कमजोरीलाई तपाईंले देख्नुभएको छैन।’

ओलीले विद्यार्थीहरुले पढ्ने होइन भनेर ओलीले दिएको उदाहरणलाई पनि स्मरण गरे ।‘विद्यार्थीहरु पढ्नका लागि होइन, विद्यार्थीहरु पढ्ने जमात होइन भनेर उदाहरण दिनुभएको थियो', उनले भने, 'यस्तो व्यक्ति हाम्रो पार्टीको अध्यक्ष हुनुभएको छ। दुर्भाग्यको कुरा जसले विद्यार्थीलाई पढ्न हुँदैन भन्छ, नपढ्ने कुराको शिक्षा दिन्छ त्यस्तो मान्छे अरु देशमा भए राजनीतिबाट सन्यास दिएर जान्थे।’





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १४:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया