माधव नेपाल पक्षीय अनेरास्ववियु अध्यक्षमा सुदेश, महासचिव आरती

नेकपा एमालेमा समानान्तर कमिटी निर्माणले तीव्रता पाएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टकराव बढिरहँदा समानान्तर कमिटी निर्माणले पनि तीव्रता पाएको हो।

ओलीसँग भिडन्त गरेरै अगाडि बढ्ने मुडमा रहेको नेपाल समूहले मंगलबार अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाएको छ। काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा मंगलबार नेता नेपालले कुनै पनि हालतमा ओलीसँग नझुक्ने बताएका थिए।

नेता नेपालले सम्बोधन गरेपछि राष्ट्रिय भेलामा भएको छलफलले सुदेश पराजुलीलाई अध्यक्ष बनाएको हो। त्यसैगरी माधव पक्षीय अनेरास्ववियुको महासचिवमा आरती लामा तोकिएकी छन्। 

भेलाले सह-अध्यक्षमा ओसिम आलमलाई चयन गरेको छ। भेलाले केन्द्रीय कमिटी पनि निर्माण गरेको छ। भेलामा आज माधव नेपाल, सुरेन्द्र पाण्डे र भीमबहादुर रावलसहितका नेताले बोलेका थिए। 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार २२:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया