मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेका छन् ।
महर्जनले अनुभवी गोलरक्षक किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
टोलीमा गोलरक्षक दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ मिडफिल्डर संजोग राई र त्रिदेव गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर हेमन्त थापा मगर, सन्तोष तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, आशिष लाम र जर्ज प्रिन्स कार्की टोलीबाट बाहिरिएका छन् ।
चोट मुक्त हुँदै डिफेन्डर अन्नत तामाङ टोलीमा फर्कँदा अनुभवी डिफेन्डर विराज महर्जनले पनि करिब १ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विराज यो प्रतियोगितापछि सन्यास लिने योजनामा छन् ।
प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान (यु–२३) टिमको सहभागिता रहको छ । प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।
नेपालले मार्च २५ (चैत १२) मा किर्तिस्तानसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । उसले मार्च २७ (चैत १४) मा बंगलादेशसँग खेल्नेछ ।
दशरथ रंगशालमा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ ( चैत १६) मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।
नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ ( कप्तान), विकेश कुथु र दिप कार्की
डिफेन्डर : रोहित चन्द, विराज महर्जन, रञ्जित धिमाल, निशान खड्का, दिनेश राजवंशी, अन्नत तामाङ, छिरिङ गुरुङ र अजित भण्डारी
मिडफिल्डर : सुजल श्रेष्ठ, रवि शंकर पासवान, विशाल राई, एरिक विष्ट, तेज तामाङ, त्रिदेव गुरुङ, संजोग राई र सुनिल बल
फरवार्ड : भरत खवास, अञ्जन विष्ट, दर्शन गुरुङ र अभिषेक रिजाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।