देवेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक

गायक तथा मोडल देवेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक भएको छ । टिपिकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंको स्वर रहेको छ । 

गीतमा स्वयं बब्लुले शब्द तथा संगीत गरेका छन् भने निर्देशन पनि बब्लुले नै गरेका छन् ।  विशाल घिमिरेको कथामा बब्लुले शब्द तयार गरेका हुन् । 

भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ ।

भिडियोमा  सागर भण्डारी, गरिमा शर्मा, देवेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाईं, सबिन ढुङ्गाना, गणेश भण्डारीलगायत कलाकार फिचर्ड छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १६:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया