वीरेन्द्रनगरमा भलिबल प्रतियोगिता : प्रथमलाई दुई लाख

सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । कर्णाली प्रदेशमा पहिलो पटक भएको प्रतियोगितामा कर्णालीका ८ टिमको सहभागिता छ । 

प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट वीरेन्द्रनगर, जिल्ला भलिबल संघ रुकुम पश्चिम, बादेपीपल युवा क्लब सिम्ता, एपिएप, जिल्ला खेलकुद विकास समिति दैलेख, उत्तर पश्चिम पृतना (नेपाल आर्मी), वनगाड कुपिण्डे युवा क्लब र आयोजक चुली युवा क्लबले भाग लिएका छन् । 

भलिबलको इतिहासमा पहिलो पटक कर्णालीमा ठूलो धनराशिको प्रतियोगिता आयोजना गरिएको आयोजक चुली युवा क्लबका अध्यक्ष महेश जिसीले दाबी गरे । उत्तर पश्चिम पृतना (नेपाल आर्मी) र वनगाड कुपिण्डे युवा क्लब सल्यान बीच बुधबार उद्घाटन खेल भएको छ । खेलमा आर्मीले ३—१ को सेटमा जित हात पारेको हो ।

चैत्र १४ सम्म चल्ने प्रतियोगितामा बिहीबार ४ खेल हुँदैछन् । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख नगद पुरस्कार, द्वितीयलाई १ लाख ५० हजार, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार रहेको अध्यक्ष जिसीले जानकारी दिए । 

प्रतियोगितमा उत्कृष्ट विधाहरूमा वेस्ट प्लेयरलाई १५ हजार, वेस्ट स्पाइकरलाई ७ हजार, वेस्ट सेटरलाई, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर र बेस्ट कोचरलाई ७ हजार ५ सय नगद पुरस्कार दिइने छ । टिम दर्ता शुल्क १० हजार रहेको छ भने खेल नकआउट र लिग नकआउटका आधारमा खेलाइने आयोजकले बताएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १९:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया