पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिपक्षको धर्म बिर्सिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कांग्रेस प्रतिपक्षको भूमिकाबाट च्युत हुन नहुने पनि उल्लेख गरेका छन् । उनले कांग्रेसलाई प्रतिपक्षको मुख्य काम के हुनुपर्ने पनि सम्झाएका छन् ।
डा. भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नका लागि भएको लेखेका छन् । उनले प्रतिपक्ष कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहनुपर्ने उल्लेख गरेका छन् ।
असंवैधानिक ढंगले भएको संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको डा. भट्टराईले उल्लेख गरेका छन् । उनले अब कांग्रेसले ढिला गर्न नहुने बताएका छन् ।
बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!
— Baburam Bhattarai (@brb1954) March 25, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।