कोरोना खोप 'कोभिशिल्ड'को निर्यातमा भारतले लगायो रोक

भारत सरकारले कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको निर्यातमा रोक लगाएको छ । आन्तरिक टीकाकरण नसकिए सम्मका लागि भारतले खोपको निर्यातमा रोक लगाएको हो । 

भारतमा पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दोस्रो चरणमा कोरोनाको फैलावट अकल्पनीय भएसँगै भारतले सिरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड तथा एष्ट्राजेनेकाद्वारा विकसित खोपको निर्यातमा रोक लगाएको हो । 

भारतीय विदेश मन्त्रालयले देशभित्र खोप अभियान नसकिए सम्मका लागि कोभिशिल्डको निर्यातमा रोक लगाइएको बताएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सरकारको प्राथमिकता पहिला देशको जनता भएको विदेश मन्त्रालयले जनाएको समाचारमा उल्लेख छ । 

आन्तरिक रुपमा आवश्यक खोप र उत्पादन क्षमताको पूर्ण विश्लेषण पछि मात्रै खोप निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा सरकारले थप निर्णय गर्ने पनि मन्त्रालयले जनाएको छ । 

खोप निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयका कारण विभिन्न राष्ट्रपनि प्रभावित हुने भएका छन् । अहिलेसम्म विश्वका ७६ देशले भारतीय खोप प्रयोग गरिसकेका छन् । जसमा एउटा देश नेपाल पनि रहेको छ । 





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १०:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया