भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई २० मिनेटमै नागरिकता
नेपाली नागरिकतासहित दुर्गाप्रसाद तिमल्सिना । तस्बिर सौजन्य : सटेन्द्र जबेगु/पत्रकार

बिना अपराध भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिमल्सिनालाई सरकारले नेपाली नागरिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले निवेदन दर्ता भएको २० मिनेटमै दुर्गाप्रसादलाई नेपाली नागरिकता दिएको हो।

जिल्ला प्रशासनले जारी गरेको नागरिकता विवरण अनुसार माई नगरपालिका-१० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ। उनी १९ वर्षको उमेरमै भारतको कोलकात्तास्थित दमदम सेन्ट्रल जेलमा बिना अपराध थुनिन पुगेका थिए। 

इलामस्थित एकजना पत्रकार सटेन्द्र जबेगुका अनुसार अविवाहित उनलाई प्रशासनले निवेदन दिनेबित्तिकै नागरिकता दिएको हो। नागरिकता उपलब्ध गराएर अब भारतीय पक्षसँग लड्न कानुनी बाटो पनि सजिलो भएको छ। उनलाई क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले भारत सरकारलाई आदेश दिइसकेको छ। 

कोलकाताको कारागारबाट ४० वर्षपछि अघिल्लो शनिबार रिहा भएका दुर्गाप्रसाद तिम्सिना चैत ८ मा घर आइपुगेका थिए। तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए। त्यसपछि त्यहाँबाट उनलाई आमा धनमाया तिमल्सिना भएको माई नगरपालिकास्थित घरमा लगिएको थियो। 

कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएपछि दुर्गाप्रसादलाई त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाइएको थियो। अभियोग प्रमाणित नभइ चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार ११:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया