२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक, पैसा मागियो

अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको फेसबुक ह्याक भएको जानकारी दिएका हुन्


'दीपाजीको फेसबुक ह्याक भएको छ। सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ', उनले भनेका छन्, 'ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। सजग रहनुहोला।'



दीपाश्रीसँग अभिनेता सरोज खनालको आइडीबाट कुरा गरेर कोड मागेपछि आफ्नो एकाउन्ट ह्याक गरेको उनले बताइन्। 'सरोज खनालको एकाउन्टबाट मसँग च्याट गरिएको थियो। उक्त एकाउन्टबाट मलाई आएको एउटा कोड मागिएको थियो, मैले पनि पठाइदिएपछि मेरो पनि फेसबुक ह्याक भएको पाएँ', उनले भनेकी छन्। 

ह्याक गरेपछि ती व्यक्तिले आफ्नो एकाउन्टबाट भानिज सुमन गिरीलाई भाइ बिरामी परेको भन्दै एक लाख रुपैयाँ पठाइदिन भनेकाले सतर्क हुन उनले आग्रह गरेकी छन्। 



दीपाजी को फ़ेसबुक ह्याक भएको छ सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ ह्याकर ले चलचित्रकर्मी को फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ अत:सजक हुनुहोला!!!

Posted by Deepak Raj Giree on Thursday, March 25, 2021


  • प्रकाशित मिति : १२ चैत, २०७७ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया