कोरोना उपचारमा खटिएको तलब, भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा

कोरोना महामारीका बेलाको तलब, भत्ता नपाएको भन्दै  स्वास्थ्यकर्मीहरु प्रदर्शनमा उत्रिएका छन्।  जनकपुरधामस्थित कोरोना विशेष अस्पताल र प्रदेश २ का जिल्ला अस्पतालमा करारमा खटिएका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । 

कोरोना संक्रमितको उपचारमा खटिएका करार सेवाका कर्मचारीहरु बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि २ घण्टा धर्नामा बसे । 

संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई अहिलेसम्म तलब भत्ता दिइएको छैन । 

विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनु पर्ने माग गर्दै आफूहरु आन्दोलनमा उत्रिएको ल्याब असिस्टेन्ट सुशील यादव बताउँछन् । 

तलब, भत्ता भुक्तानी नै नगरी आफूहरुलाई पुष ५ गतेदेखि काममा आउन रोक लगाइएको उनको भनाइ छ ।  बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरु बताउँछन् । 

स्वास्थ्यकर्मी तथा चिकित्सकले तलब भुक्तानी गर्नुपर्ने, जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने, आफूहरुको जागिर सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन्। 




बारहबिघा मैदानबाट सुरु गरिएको विरोध प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । 

तलब, भत्ताको माग गर्दै उनीहरले मुख्यमन्त्री लालबाबु राउतलाई तीन पटक ज्ञापनपत्र समेत बुझाएका थिए । 



कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित करिव ४ सय जना करार सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । 

  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १७:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया