योगेश भट्टराईको प्रश्न : मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नुभएको हो ?
फाइल तस्बिर

सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले अहिलेको भइरहेको सार्वजनिक बहसले मदन भण्डारी गलत थिए भन्ने सन्देश दिन खोजेको बताएका छन् । 

फरक मतका विषयमा भइरहेको बहसले तत्कालीन समयमा भण्डारीले राखेका धारणाहरू गलत भएको देखिएको प्रति इंगित गर्दै नेता भट्टराईले बहसका क्रममा कतिपयले मदनको भन्दा विपरीत धारणा राख्न थालेको आरोप लगाए । 

२०४७ सालको संविधानप्रति तत्कालीन पार्टीका तर्फबाट मदन भण्डारीले २७ बुँदे फरक मत प्रेषित गरेको भन्दै नेता भट्टराईले ती २७ बुँदा पढ्नका लागि सबै पार्टी पंक्तिलाई एकपटक आग्रह गरेका छन् । 

मदनले २०४७ कार्तिक २५ गते खुल्ला मञ्चको आमसभामा संविधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको धारणा राखेको स्मरण गर्दै भट्टराईले अहिले तिनै विषयमा सार्वजनिक बहस भइरहेको भन्दै मदनलाई गलत सावित गर्न खोजिएको हो भन्ने प्रश्न गरे । 

भट्टराईले अहिले बहसका क्रममा बाहिर आइरहेका मदनको २७ बुँदेभन्दा फरक धारणालाई सही मान्नेले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नुभएको हो ? भन्दै प्रश्न गरेका छन् । 

२०४७ सालको संबिधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुंदे फरक मत प्रेसित गर्नुभएको थियो । ति २७ बुंदा सबैले...

Posted by Yogesh Bhattarai on Thursday, March 25, 2021




  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार ७:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया