'रेशमको रिहाइ र संविधान संसोधन जसपाको माग हो, सत्ता स्वार्थको साधन होइन'
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त हुनुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत डा. बाबुराम भट्टराईले जसपाको मागहरु सत्ता स्वार्थमा मोलतोलका लागि प्रयोग हुन नहुने भन्दै रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त गर्न माग गरेका छन् । 

थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन गरिनुपर्ने जसपाको सर्वसम्मत र निरन्तरको अडान रहेको पनि डा. भट्टराईले बताएका छन् । 

डा. भट्टराईले जसपाले निरन्तर रुपमा उठाउँदै आएका मागहरु अहिलेको सत्ता स्वार्थमा मोलतोल हुनै नसक्ने भन्दै आफ्ना मागहरु तत्काल पूरा गर्न भनेका छन् । उनले आफूहरु र पार्टी प्रष्ट भएको अवस्थामा भ्रमको खेती नहोस् भन्दै चेतावनी पनि दिएका छन् । 





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार ९:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया