जसपाले नैतिकता नभएको सरकारसँग आफ्ना माग पूरा गर भन्नु गलत : प्रकाशमान सिंह
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । सिरहाको लहानमा छलफल कार्यक्रममा बोल्दै नेता सिंहले ओली अधिनायकवादी भएको बताएका हुन् । 

सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो खिच्न रोक लगाएको विषयमा विभिन्न सञ्चारमाध्यममा आफूले पढेको भन्दै नेता सिंहले समाचार सत्य भएमा ओली कस्तो राजनीति चाहेका रहेछन् भन्ने पुष्टि हुने बताए ।  

ओलीमा तानाशाह चरित्र देखिँदै जाँदा अहिले फरक मत राख्ने एमालेभित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बसेर समयमा नै लगाम लगाउन नसकेका कारण अहिलेको अवस्था आएको नेता सिंहले बताए । 

हिजो एकपछि अर्को तानाशाही प्रकृतिका विधेयक ल्याउँदा ओली प्रवृतिको बिरोध गर्न नसक्नेहरुले अहिले पछुताउनुको विकल्प नभएको नेता सिंहले बताए । 

नेता सिंहले अहिले जसपाले नैतिकताहीन सरकारसित माग पूरा गर भनेर भन्नु गलत भएकाले तथा सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने तर असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थितिअनुसार चल्न जसपालाई आग्रह पनि गरेका छन् । 

मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै नेता सिंहले असहज परिस्थितिमा जिम्मेवारीबाट यो अथवा त्यो बहाना नगरी ओलीलाई बिदा गर्नका लागि प्रष्ट हुन पनि जसपालाई अपिल गरे । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले कांग्रेस संसदीय प्रक्रियाबाटै अगाडि बढ्ने सिंहले बताए । 



पार्टी महाधिवेशन प्रक्रियामा सभापतिसित आफूहरुको फरक मत रहेतापनि लोकतन्त्र सखाप पार्ने, व्यवस्थाप्रति नै धावा बोल्ने अधिनायकवाद उन्मुख ओलीलाई बिदा गर्न सभापतिको साथमा रहेको नेता सिंहले बताए । 

परिस्थिति परिपक्व भएलगत्तै कांग्रेस जिम्मेवारी लिन र परिस्थितिलाई सम्हालेर जान तयार रहेको भन्दै नेता सिंहले अपरिपक्व परिस्थितिलाई बुझ्दाबुझ्दै अनावश्यक सत्ताको खेलको साक्षी नबन्ने बताए ।



  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १०:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया