मुख्यमन्त्रीको साथमै छु, सपथ कार्यक्रम वहिष्कार गरेको होइन : हिक्मत कार्की

नेकपा एमाले पूर्व अवस्थामा फर्किएपछि प्रदेश १ को मन्त्रिमण्डल विस्तार र  जिम्मेवारी हेरफेर गरिएको छ। केपी शर्मा ओली समूहनिकट मुख्यमन्त्री राईले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित सपथग्रहण शुक्रबारै गरिएको छ।

सपथ ग्रहण कार्यक्रममा शेरधन राई क्याबिनेटमा मन्त्रीसहित अन्य सरकारी अधिकारी उपस्थित थिए।  तर ओली समूहकै प्रदेशका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की भने सपथ ग्रहण कार्यक्रममा गएनन् ।

ओली समूहका एकजना नेतासमेत रहेका कार्की कार्यक्रममा नपुगेपछि ओली समूहभित्रै विवाद चलेको भन्ने टिप्पणी सुरु भएको छ। कतिपय सञ्चारमाध्यमले कार्कीले नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम नै वहिस्कार गरेको खबरसमेत सार्वजनिक भएको छ।

आन्तरिक मामिलामन्त्री कार्कीले आर्थिक मामिला मन्त्रालय आफ्नो मान्छे ल्याउन दाबी गरेका थिए। तर माओवादी त्यागेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङले पाएकोमा असन्तुष्टि व्यक्त गरेर कार्यक्रममा नआएको बताइएको थियो। तर मन्त्री कार्कीले भने बिरामी भएर जान नसकेको बताएका छन् ।

उनलाई फरकधारले सोधेको थियो, 'नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा जानु भएन? के तपाईं पनि मुख्यमन्त्रीसँग असन्तुष्ट हो?', तर उनले भने, 'म अहिले यही सरकारको मन्त्री छु। बिरामी भएर म सपथमा जान नपाएको मात्रै हो । सरकार पनि हाम्रै पार्टीको नेतृत्वमा छ। यो सरकार पूर्ण क्षमतासहित चल्छ । मैले बहिस्कार गर्ने भएको भए त मुख्यमन्त्रीको साथ छोडेर हिँडिहाल्थे नि।'





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १७:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया